मुगु हत्याकाण्ड : सिआइबीलाई अनुसन्धानको जिम्मा

92

मुगु, १९ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्न सुरू गरेको छ ।

सामूहिक हत्या भएको हप्ता दिनभन्दा बढी समय बितिसक्दा पनि हत्याको कारण र हत्याराबारे प्रहरीले कुनै तथ्य प्रमाण नभेटाइरहेका बेला थप अनुसन्धान र हत्यारा पत्ता लगाउन सिआइबीले मुगु सामूहिक हत्या प्रकरणको जिम्मा लिएको हो ।

गत ८ गते हत्या भएको प्रहरीले अनुमान गरे पनि प्रहरीले १० गते बिहान ९ बजे मात्र सूचना पाएको थियो । सूचनापश्चात् घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वको प्रहरीले घरभित्र २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा बोहरा र ८ महिने छोरा रहर बोहराको सामूहिक हत्या गरिएको अवस्थामा फेला पारेको थियो ।

११ गते हत्याको अनुसन्धान गर्न जुम्ला र कर्णाली प्रदेश प्रहरीबाट अनुसन्धान अधिकृतसहितको र कोहलपुरबाट अनुसन्धान गर्न कुकुरसहित टोली मुगुमा पुगेर अनुसन्धान सुरू गरेका थिए । ‘डक’ अनुसन्धान टोलीले आवश्यक सूचना दिएर १२ गते नै कोहलपुर फर्कियो भने मुगुका डिएसपी थापासहितको अन्य २ टोलीले अनुसन्धान जारी राख्यो ।

घटना घटेदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै कयौँ व्यक्तिहरूलाई सोधपुछ गर्‍यो । फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुअल्ली सबै काम हामीले गर्‍यौँ र अहिले पनि गरिरहेका छौँ । सिआइबीले प्रविधि अनुसन्धान गर्ने कार्य अघि बढाएको छ प्रहरी नायब उपरीक्षक थापाले बताए ।

सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न सिआइबी टोली खटिएर काम गरिरहेको छ । यसअघिका अनुसन्धान टोलीले फेला पारेका मेनुअल्ली तथ्य र सिआइबीले अनुसन्धान गरिरहेको प्रविधि तथ्य केलाउँदै हत्यारा नजिक पुग्न सिआइबीले मुगु घटना अनुसन्धान जिम्मा लिएको हो ।

सिआइबीले जिम्मा लिए पनि स्थलगत खटिइ अनुसन्धान गरिरहेको टोली र सिआइबीको टोलीको समन्वयमा नै आगामी अनुसन्धान अघि बढ्ने र हत्यारा छिट्टै पत्ता लाग्ने कर्णाली प्रदेश प्रहरी सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईले बताए ।

सम्बन्धित समाचार

मुगु हत्याकाण्ड : घटनाको ८ दिनपछि दाहसंस्कार

मुगु हत्याकाण्ड : हप्ता दिन पुग्दा पनि प्रहरीले अझै भेट्टाएन ‘क्लु’

मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदै छ : प्रदेश प्रहरी

मुगु सामूहिक हत्याकाण्ड : शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

मुगु सामूहिक हत्याकाण्ड : हत्याराको नजिक पुग्दै प्रहरी

मुगु घटना : चारै जनाको शव पोस्टमार्टमका लागि गमगढी ल्याइयो
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो

Share This:
सम्बन्धित खबर
Loading...