फेवातालमा डुंगा दुर्घटनामा परेका युवकको सकुशल उद्धार

13

पोखरा, २५ चैत । फेवातालमा बोटिङ गर्ने क्रममा आइतबार साँझ दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

अचानक चलेको हावाहुरीले डुंगा पल्टिँदा पोखरा–६ लेकसाइड बस्ने स्याङजाको अर्जुनचौपारी–३ का २० वर्षीय सोभित परियार डुबेका थिए ।

घटनालगत्तै सशस्त्र प्रहरीको फेवातालको बाराहीघाटस्थित रेस्क्यु टावरमा तैनाथ उद्धार टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सोही टोलीले सकुशल उद्धार गरेको सशस्त्रका डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...