संसद् अधिवेशन सुरू हुनासाथ रास्वपा सांसदको विरोध

29

काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद् अधिवेशन सुरु हुनासाथ उठेर विरोध जनाएका छन् ।

शुक्रबार बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

रास्वपाका सभापति रवि लामिछानेलेको संसद् पद निलम्बन गैरकानुनी र प्रतिनिधि सभा नियमावलीविपरीत रहेको भन्दै फुकुवाको लागि माग गरेका छन् ।

साथै सरकारले ल्याएको अध्यादेशको पनि विरोधमा उनीहरु छन् ।

आज भर्खरै सभापति लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...