आज एचपिभी खोप अभियान सुरु हुँदै, १७ लाख किशोरीलाई खोप लगाइने

11

काठमाडौँ, २२ माघ । देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानको सञ्चालन हुँदै छ ।

यही माघ २२ देखि फाल्गुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने अभियानको शुभारम्भ आज शिवपुरी उच्च माध्यामिक विद्यालय, महाराजगञ्ज,काठमाडौँबाट हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अभिभावकत्व तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सभापतित्वमा उक्त खोप अभियानको शुभारम्भ कार्यक्रम हुन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो । अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप दिन लागिएकाले अभियानमा सहभागि हुन मन्त्रालयले आग्रह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...