काठमाडौँ, १२ चैत । हुन्डाइको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कार क्रेटा इभी सार्वजनिक गरेको छ । क्रेटा आइसिई (मेड इन नेपाल) पनि सार्वजनिक गरेको छ ।
भारत मोबिलिटी ग्लोबल एक्स्पो–२०२५ मार्फत् इभी कार भारतीय बजारमा सार्वजनिक भएको थियो । हुन्डाइ क्रेटा इभीको डिजाइन पेट्रोल र डिजेल संस्करणसँग मिल्दोजुल्दो छ । तर, इलेक्ट्रिक मोडलका लागि केही परिवर्तनहरू गर्दै अझ आकर्षक बनाएको छ ।
क्रेटा इभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आइसिई (मेड इन नेपाल)को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएको छ ।
सन् २०१५ देखि क्रेटाको बिक्री सुरुवात गरेको लक्ष्मी इन्टरकन्टिनेन्टलले २०२५ मा आयात गरिने आइसिइ मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाखसम्म कम गएको कम्पनीका सेल्स हेड दिवाकर रेग्मीले जानकारी दिनुभयो ।
नेपाली बजारमा पहिलेदेखि नै आइसिई संस्करणको हुन्डाइ क्रेटा लोकप्रिय रहेको र हुन्डाइका अन्य इभीसमेत चर्चित बनिरहेको समयमा क्रेटा इभीसमेत धेरैले मन पराउने अपेक्षा कम्पनीले गरेको छ ।
क्रेटा इभी ४२ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध रहेको छ । ४२ किलोवाट ब्याट्रीले ३९० किलोमिटर रेन्ज प्रदान गर्न सक्षम छ । ब्याट्री डिसी फास्ट चार्जिङमार्फत् १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म चार्ज गर्न चार घन्टा लाग्छ ।
अगाडि एल–आकारको कनेक्टेड एलइडी डिआरएल र भर्टिकली स्ट्याक्ड ट्विन एलइडी हेडलाइट समावेश गरिएको छ । यसमा कम्पनीको लोगोको पछाडि चार्जिङ पोर्ट राखिएको छ ।
यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन र हुन्डाइ आयोनिक ५ बाट प्रेरित नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । साथै भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरुफ र मल्टिपल ड्राइभिङ मोड जस्ता फिचरले यसलाई अझ विशेष बनाएको छ । क्रेटा इभीको डिजाइन पेट्रोल र डिजेल संस्करणसँग मिल्दोजुल्दो देखिन्छ । यद्यपि, नयाँ बम्पर डिजाइनमा भने अझ आकर्षक बनाएको छ । हुन्डाइको लोकप्रिय एसयुभी क्रेटा नेपालमै बन्न थालिसकेको छ ।