काठमाडौँ, १ जेठ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा चार हजार रूपैयाँ र चाँदी ३५५ रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३९० रूपैयाँ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ७४५ रूपैयाँमा खरिदबिक्री भएको थियो । गत बुधबार एक तोला छापावाल सुन तीन लाख दुई हजार २०० रूपैयाँ र चाँदी पाँच हजार ७१० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।