स्वास्थ्य बिमा प्रभावकारी बनाउन इएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड

0

काठमाडौँ, २ जेठ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीलाई थप व्यवस्थित, एकरूप र सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।

रास्वपाको संसदीय दलको समन्वयमा स्वास्थ्य विभागद्वारा आयोजित ‘स्वास्थ्य बिमा किन थला पर्‍यो ? उत्तर खोजौँ’ विषयक नीति मन्थन कार्यक्रममा बोल्दै शेरचनले स्वास्थ्य बिमालाई संवेदनशील र विश्वसनीय बनाउन इएमआर प्रणाली सुधार अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य बिमालाई हामीले थप संवेदनशील बनाउनुपर्छ । इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणालीलाई चुस्त–दुरुस्त र एकरूप बनाउनु आवश्यक छ । यदि हामीले इएमआर प्रणालीलाई सुदृढ बनाउन सकेनौँ भने अनावश्यक क्लेमहरू आउने क्रम जारी रहन्छ ।”

उहाँका अनुसार ती क्लेमहरूको मूल्याङ्कन गर्ने जनशक्ति पनि योग्य र दक्ष हुन आवश्यक छ । “इएमआरको क्लेम हेर्ने व्यक्तिहरू योग्य हुनुपर्छ । यदि योग्य छैनन् भने उनीहरूलाई तालिम दिएर सक्षम बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

शेरचनले स्वास्थ्य बिमा प्रणालीलाई प्रभावकारी बनाउन प्रविधिमैत्री व्यवस्थापन, दक्ष जनशक्ति र एकीकृत इएमआर प्रणाली आवश्यक रहेकोमा जोड दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...