मुगु १७ कात्तिक । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको ८ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो ।
हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाइ भएको थियो । यहि कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरा मारिएका थिए ।
सम्बन्धित समाचार
मुगु हत्याकाण्ड : हप्ता दिन पुग्दा पनि प्रहरीले अझै भेट्टाएन ‘क्लु’
मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदै छ : प्रदेश प्रहरी
मुगु सामूहिक हत्याकाण्ड : शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा
मुगु सामूहिक हत्याकाण्ड : हत्याराको नजिक पुग्दै प्रहरी
मुगु घटना : चारै जनाको शव पोस्टमार्टमका लागि गमगढी ल्याइयो
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो