काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले दसैँ मनाएको छ ।
नेपालीहरुले आफन्त र परिवारसँग दसैँ मनाइरहेका बेला उनीहरुले टिमका साथ दसैँको टीका र जमरा लगाएका हुन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसहित नेपाली टोलीका सबै सदस्यले टीका, जमरा लगाएर दसैँ मनाएका हुन् । नेपाली खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई टिमका व्यवस्थापक मधुसुदन उपाध्ययले टीका र जमरा लगाइदिएका थिए ।
पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाले शनिबार उपाधिका लागि भारतविरुद्ध खेल्दै छ । फाइनल शनिबार राति ८ः४५ बजे सुरु हुने छ ।
सबै तस्बिर : एन्फा