कांग्रेस नेता पौडेलको नेतृत्वमा जाजरकोटमा अस्थायी आवास निर्माण [फोटोफिचर]

41

काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य धमाधम गरिरहेको छ ।

पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका–५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको र आज पनि काम भइरहेको महासमिति सदस्य शुशिल भट्टले जानकारी दिए ।

उनका अनुसार टोलीले करिब १०० स्थानीयको अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरूको भग्नावशेष पन्छाउन पनि सहयोग गरिरहेका छन् ।

टोलीमा नेता पौडेलसहित प्रदेशसभा सदस्य दिल्लीराम सुवेदी, महासमितिद्वय सदस्य शुशील भट्ट र महेन्द्र शाह, नेपाली कांग्रेसको कार्यालय सचिव मुक्ति आचार्य, नेता इञ्जिनियर दीपक बाबु कँडेल, नेपाली कांग्रेस जाजरकोट जिल्ला सहसचिव छवि पन्त, नलगाड नगरपालिका–५ का वडाध्यक्ष ओमराज ओलीसहित नेताहरु भागवत् रेग्मी, पुष्प बस्नेत, सुवास घिमिरे,नेविसंघका १० जना केन्द्रीय सदस्यलगायतका नेता कार्यकर्ता रहेका छन् ।

सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो ।

जसअनुसार कांग्रेसले इञ्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको हो ।

पौडेल नेतृत्वको टोली नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा खटिने छ । टोलीमा नेपालगञ्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इञ्जिनियरसमेत लगिएको पौडेलले जानकारी दिए ।

 

Share This:
सम्बन्धित खबर
Loading...