काठमाडौँ, ६ साउन । नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको हो । रसिया भने २५–१७, २५–१९, २५–१५ ले विजयी भएको हो । दोस्रो खेल सोमबार हुने छ ।
साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन् ।