काठमाडौँ, ११ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समीरकण परिवर्तन गरेर जनतामा जाने ठुलो ऐतिहासिक अवसर प्रदान गरेको बताउनुभएको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाले सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा निकै राम्रो पहलकदमी लिँदा लिँदै सरकारबाट बाहिरिनुपरेको कारण जनतासँगको टुटेको कडीलाई सुदृढ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अध्यक्षले अहिलेको वर्तमान परिस्थितिको बारेमा सविस्तार चर्चा गर्नुभयो । उहाँले दिशा निर्देश पनि गर्नुभयो । हामी सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौँ त्यो पहलकदमी लिँदा लिँदै समीकरण परिवर्तन गरियो । यसले हामीलाई फेरि ठुलो ऐतिहासिक अवसर जुटेको छ । जनतामा जाने, हाम्रो कहीँ न कहीँ जनतासँगको कडी टुटेको थियो । त्यसलाई सुदृढ गर्ने ठुलो ऐतिहासिक अवसर प्राप्त भएको छ ।’