पशुपतिमा भक्तजनको भीड [फोटो फिचर]

20

काठमाडौँ, २५ फागुन । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा/आराधना गरी देशभर मनाइँदै छ ।

पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन् । शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आइपुगेका छन् । यसवर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तस्बिर : बिजेन अमात्य/नेपाल न्यूज बैंक

 

Share This:
सम्बन्धित खबर
Loading...