बालयौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ

486

काठमाडौं । बालयौन दुराचारको अभियोगमा पोखरा महानगरपालिका–१८ सेदीस्थित बिष्णु होमस्टेबाट क्यालिफोनिया अमेरिका ठेगाना भएका माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं अभिभावकबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको, अमेरिकामा रहँदादेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने गरेको तथा २०२१ मार्च २१ मा नेपाल अवतरण गरी बालयौन दुराचारको मनसाय राखी पोखरा गएको खुल्न आएको छ ।

उनको साथबाट ४ हजार ६ सय अमेरीकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राइभ, र १ थान अमेरिकन राहदानी प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान गरी कारबाही प्रकृया अगाडि बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...