एमाले उपाध्यक्ष पौडेल पक्राउ

2

कर्णाली, ८ असार । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।

पौडेललाई आजै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आउनुभएको जनाइएको छ ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष बुटवल उपमहानगरपालिका–९ रुपन्देही घर भइ हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आउनुभएको प्रहरीले जनाएको छ । उहाँलाई प्रहरी उपरीक्षक पोखरेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...