मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

5

खाँदबारी, ९ असार । गएराति लाक्पा शेर्पाको घर आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

मादी नगरपालिका–३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।

आगलागीबाट शेर्पाको घरभित्र राखिएको नगद ५० हजार रूपैयाँ, दुई तोला सुन, ३० मुरी आलु, तीन मुरी धान, चार मुरी मकैलगायत अन्नपात, भाडार्वतन र लत्ताकपडा जलेर नष्ट भएको हो ।

शेर्पा निदाइरहेको अवस्थामा आगलागी भएको तर, आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीको सूचना प्राप्त भएपछि प्रहरीचौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक सुदेश चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...