खाँदबारी, ७ असार । अत्यधिक रक्तश्राव भएकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।
आइतबार बिहान जिल्ला अस्पतालमा शल्यक्रिया गरिएकी सुत्केरी परियारलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा.सन्तोश देवले जानकारी दिनुभयो ।
शल्यक्रिया प्रश्चात अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह सिफारिस गरे पनि खराब मौसमका कारण विराटनगर लगिएको प्रहरीले जनाएको छ ।