शान्तिश्री र बिन्ती कुमारको स्वरमा ‘घुम्दै घुम्दै आको’ गीत सार्वजनिक [भिडिओ]

31

काठमाडौँ, ९ भदौ । गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वर रहेको ‘घुम्दै घुम्दै आको’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ । गायक स्वयंकै शब्द, संगीत तथा लयमा रहेको गीत अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर भिडिओ छायांकन गरिएको हो ।

भिडिओ झट्ट हेर्दा नेपालमा नै खिचिएको हो । जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाइ तथा दिदी बहिनीहरुको अभिनय देख्न सकिन्छ ।

भिडिओ गुरुङ समुदायमा प्रचलित रोधीँ संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरु मौलिक गुरुङ भेषभुषामा सजिएको देख्न सकिन्छ ।

सार्वजनिक गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडिओको छायांकन अनिश खासा (निरेश) र मनिष महर्जनले गर्नुभएको हो । गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडिओको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...