प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

25

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गर्नुभएको छ । आइतबार दिउँसो सानो टोली लिएर प्रचण्ड दिल्ली उड्नुभएको हो ।

भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री नयाँदिल्लीका लागि जानुभएको हो । आइतबार ७ः१५ मा आयोजना हुने शपथ ग्रहणमा प्रचण्ड सहभागी हुनुहुने छ ।

शपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री दाहालले उहाँसँग संक्षिप्त कुराकानी गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि दुई प्रधानमन्त्रीबीच भएको टेलीफोन संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना दिल्ली जानुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...