काठमाडौँ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेको आरोप लगाउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले स्रोतको सुनिश्चितता नगरी राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास हुन थालिसकेको बताउनुभयो।
उहाँले भन्नुभयो,‘हामीसँग राष्ट्रिय गौरवका आयोजनाहरु धेरै छन् । तर सामाजिक, आर्थिक मूल्याङ्न नगरिएका आयोजनाहरु मात्र छन् । राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु समेत घोषणा गरिदिन्छन् । स्रोतका सुनिश्चितता नगरी यस्ता घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास पैदा थालिसकेको छ ।’
उहाँले बिना आधारमा पूर्वाधारको लगानी गरेर राज्यको अर्बौँ रकम खेर गइरहेको भन्दै आवश्यक र आधारभूत पूर्वाधारको आवश्यकतामा काम नहुँदा जनताले दुःख पाएको टिप्पणी गर्नुभयो ।