जसपाको एकता महाधिवेशन पूर्व निर्धारित मितिमै हुन्छ : पूर्ण बस्नेत

100

काठमाडौँ, २३ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो महाधिवेशन नरोकिने स्पष्ट पारेको छ ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जसपा नेपालका नेता महाधिवेशन रोक्न सर्वोच्च अदालत र निर्वाचन आयोग पुगे पनि त्यसले निर्धारित महाधिवेशन नरोकिने भन्दै महाधिवेशन पहिले तोकिएकै मितिमा हुने बताउनुभयो ।

बस्नेतले प्रायोजित भ्रममा नपर्न आग्रह गर्दै भन्नुभएको छ, ‘पार्टीको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसके छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको महाधिवेशन रोक्न जनार्दनप्रसाद यादव र भीमबहादुर राई (जो जसपा नेपालका हैनन्)ले दिएको रिट निवेदन सर्वोच्च अदालतले २०८१ जेठ २० गते दरपिठ गरिदिएको छ । यससँगै विधिवत् रुपमा आयोजना हुन लागेको जसपा नेपालको राष्ट्रिय महाधिवेशन पूर्व निर्धारित मितिमै हुन्छ ।’

अशोक राईसहित सात जना सांसद जसपा नेपालबाट अलग भएर निर्वाचन आयोगमा छुट्टै दल दर्ता गराएपछि त्यसको विरुद्धमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले रिट दायर गर्नुभएको थियो । सो रिटमाथि सर्वोच्च अदालतले जसपालाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

जसपा नेपालले जेठ २८ गतेदेखि जनकपुरमा एकताको महाधिवशेन गर्दै छ । त्यो अधिवेशनलाई रोक्न माग गर्दै जसपाका दुई नेताले दुवै ठाउँमा निवेदन दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...