बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

53

काठमाडौँ, १० जेठ । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...