जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

10

कैलाली, २ असार । जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई जीविकोपार्जन चलाउन पुगोस् भन्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । यस कार्यक्रमबाट साना किसान लाभान्वित भएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीले धनगढी, गोदावरी, गौरीगङ्ग, टीकापुर लम्कीचुहा नगरपालिका र जोशीपुर, बर्दगोरीया, जानकी, र मोहन्याल गाउँपालिका गरी नौ स्थानीय तहका १६ वटा भैँसीपालक समूहलाई दुई करोड २५ लाख रूपैयाँ रकम अनुदान उपलब्ध गराइएको वरिष्ठ पशु विकास अधिकृत तथा प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिनुभएको हो ।

छनोट भएका १६ वटा समूहलाई १७ लाख ४१ हजार रूपैयाँको दरले अनुदान उपलब्ध गराइएको छ । भैँसीपालन समूहलाई च्यापकटर (घाँस काटने मेसिन), दाना पिस्ने मेसिनलगायत औजार पनि वितरण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...