उपसभामुख रानाको गुनासो– पुरूष उपसभामुख हुँदा पाउने सुविधा मैले पाइनँ

40

काठमाडौँ, १९ फागुन । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् ।

भ्रष्टाचारविरूद्धको सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले पुरूष उपसभामुख हुँदा राज्यबाट पाउने सुविधा अहिले आफूले नपाएको बताएकी हुन् । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन् ।

“पहिला पुरूष उपसभामुख हुँदा खेरी चाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरूलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने र भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ,” उनले भनिन् ।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उनले आरोप लगाइन् ।

Share This:
सम्बन्धित खबर
Loading...