काठमाडौँ, २९ वैशाख । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले संसद्मा सांसदले उठाएका प्रश्नहरूका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेता राईले जनताले निर्वाचित गरेको प्रधानमन्त्रीले जनताको आवाज सुन्नुपर्नेमा जोड दिनुभयो । संविधानमा स्थापित अधिकारलाई सरकारले सम्मान गरेमात्र लोकतन्त्रलाई सही बाटोमा लैजान सकिने उहाँको भनाइ थियो ।
पाथीभरामा केबलकार निर्माणका नाममा गरिएको धार्मिक अतिक्रमण आफूहरूलाई मान्य नहुने बताउँदै नेता राईले केबलकार निर्माण कार्यलाई तत्काल रोक्न माग गर्नुभयो ।