राष्ट्रपतिमा पौडेल विजयी हुने अध्यक्ष नेपालको दाबी

32

सुर्खेत, १५ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् ।

पार्टी प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरूसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युतिएको बताए ।

पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष नेपालको भनाइ थियो । उनले आफूहरूसँग एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युताउने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको बताए ।

आफ्नो पार्टीलाई ‘मिनिमाइज’ गरेर देश चलाउन सम्भव नभएको उनको भनाइ थियो । उनले भने, “२०४६ सालमा हामीले आँट गर्‍यौँ पञ्चायतलाई ढाल्यौँ, माओवादी सशस्त्र द्वन्द्वमा हामीले हात हाल्यौँ शान्ति प्रक्रियामा लिएर आयौँ, हामीले आट गर्‍यौँ २०६२/६३ को आन्दोलनबाट राजतन्त्र फालिदियौँ । त्यसैले हामीबिना यो देश चलाउछु कसैले भन्छ भने त्यो दिवा सपना हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...