काठमाडौँ, १३ फागुन । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्ने बताएका छन् ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफनो उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विगतमा राजाको सन्तानले राष्ट्रप्रमुख भएर काम गर्ने प्रचलन तोडेर जनताको छोराले राष्ट्रप्रमुख हुने भूमिका आएको जनाउँदै नेम्वाङले भने, ‘निर्वाचित भएमा जनताले अनुभुति गर्ने गरी काम गर्नेछु ।’
नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।