सर्लाहीमा सहकारी कर्मचारीमाथि गोली प्रहार गरेको अभियोगमा ४ जना पक्राउ

17

सर्लाही, ३ कात्तिक । सर्लाहीको बागमतीमा बुधबार भएको गोली काण्डका ४ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बलरा नगरपालिका–३ को लक्ष्मीपुर नाका हुँदै भारततर्फ जाँदै गर्दा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

४ जनाको समूहका हिँडेकामध्ये एकजना भाग्न खोजेपछि प्रहरीले गोली हानेर पक्राउ गरेको हो । प्रहरीले चलाएको गोली लागेर धनकौल–१ सेखौनाका धिरेन्द्र सहानी घाइते भएका छन् ।

पक्राउ पर्नेमा उनीसहित भारत बिहारको मोतिहारिका २२ वर्षीय गुल्शन सिंह, बैसालीका २० वर्षीय सौभर साह र रेहान सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

उनीहरूले बुधबार बिहान ११ बजे सर्लाहीको हरिवनमा रहेको सगुन बचत, ऋण तथा सहकारी संस्थाका कर्मचारी साजन कार्कीलाई कार्यालयभित्र पसेर चार गोली हानेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...