विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने– यो विश्वासकै आधारमा सबैलाई लिएर अगाडि बढ्छु

394

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासकोम मत प्रदान गरेकोमा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिँदै आफूले पाएको सोही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्ने बताएका छन् ।

विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई आफूले ३ वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराए । उनले अब पनि आफू त्यसैगरी सबैलाई साथ लिएर अघि बढ्ने बताए ।

संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा जनताले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उनले बताए । प्रदेशसभाको कार्यकाल करिब डेढ वर्ष अझै रहेको प्रष्ट पार्दै उनले यो अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणामहरु धमाधम आउने दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...