काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती थपिएको बताएका छन् ।
नेपाल धितोपत्र बोर्ड २९ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताएका हुन् ।
उनले सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्र सकरात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको पनि बताए ।
कोरोना महामारीको विषम् परिस्थितिमा पनि देशको वित्तिय क्षेत्र एवम् समग्र अर्थतन्त्र गतिशिल बनाउन तथा लगानीकर्ताको मनोबल उच्च बनाइराख्न पूँजी बजारमा हालका गतिविधिले महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीको दाबी छ ।