सुनचाँदीको मूल्यमा वृद्धि

10

काठमाडौँ, ८ असार । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०० रूपैयाँले वृद्धि भएको छ । यस्तै, चाँदी ४० रूपैयाँले बढेको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार सातसय रूपैयाँ र चाँदी चार हजार ७३० रूपैयाँ निर्धारण भएको छ ।

आइतबार एकतोला सुनको मूल्य दुई लाख ८७ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । एकतोला चाँदीको मूल्य चार हजार ६९० रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार एकतोला सुन दुई लाख ८६ हजार ७०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ६४० रूपैयाँमा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...