सुदूरपश्चिम एमाले संसदीय दलका नेता शाहले इमेलमार्फत् बुझाए स्पष्टीकरण

325

धनगढी । नेकपा (एमाले) सुदूरपश्चि प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन् ।

अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जबाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज इमेलमार्फत् दिएका हुन् ।

सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले सचिव शेर बहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए ।

अध्यक्ष ओलीले शाहलाई पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधनी गर्दै गुटको भेलामा सहभागी हुने र अरुलाई समेत सहभागी हुन उत्पेरित गर्ने गरेको आरोपका साथ स्पष्टीकरण सोधेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...