अरुणभ्याली हाइड्रोपावर हदप्रद सेयर बाँडफाँड

280

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हदप्रद सेयर जेठ १८ गते बाँडफाँड भएको छ ।

कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म प्रतिसेयर रु १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हदप्रद सेयर ब्रिकी खुला गरेको थियो । सोमध्ये रितपूर्वक आवेदन दिने २२ हजार ७ सय ६ सेयरधनीलाई ४८ लाख ४ हजार ३ सय १३ कित्ता सेयर बाँडफाड गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी रु १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४ सयको अधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा उक्त हदप्रद सेयर ब्रिकी गरेको हो ।

साथै, कम्पनीले बाँडफाँडमा नपरेको सेयर बापतको रकम जेठ २१ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएकाले आफ्नो खातामा रकम जम्म भए÷नभएको यकिन गर्न समेत अनुरोध गरेको छ ।

कम्पनी हदप्रदको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...