गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच वार्ता जारी

8

काठमाडौँ, १९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवारबिच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो ।

यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा घाइते भइ शिक्षण अस्पतालमा उपचाररत २२ वर्षीय मेहताको उपचारका क्रममा आज निधन भएको थियो ।

यसअघि गृहमन्त्री सुधन गुरुङले आजै हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेट गरी छलफल गर्नुभएको थियो । गृह मन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरूको सहभागिता थियो ।

छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्‌भावका विषयमा छलफल गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...