नेता र दलालहरुले जनताको पसिनामा पौडी खेले : चित्रबहादुर केसी

66

काठमाडौँ, २० जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीको रकम अपचलन गर्नेहरुमा सर्वसाधारण नभइ राज्यसत्तामा विराजमान नेताहरु नै संलग्नता रहेको आरोप लगाउनुभएको छ ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वसहकारीमन्त्री समेत रहनुभएका सांसद केसीले राज्य सत्तामा बस्ने नेता र तिनको संरक्षणमा रहेका दलालहरुले जनताको पसिनामा पौडी खेलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सभामुखज्यू, सहकारीमा निर्मम तरिकाले जनताको पसिनामा जसले पौडी खेलेको छ, त्यस्ता मान्छेलाई कानुनी कारबाही हुनुपर्दछ भन्ने कुराले संसद् बन्द भएको हो ? सहकारी मन्त्रालयमा म पनि केही दिन बसेको हुनाले के तितो अनुभव छ भने सहकारीको रकम हिनामिना गर्ने सर्वसाधारण मान्छे होइनन् । ति राज्यसत्तामा विराजमान हुने र तीनको संरक्षणमा वा तीनका दलालहरुबाट सहकारी सञ्चालन गरेर हिनामिना गर्ने हुन् । तीनिहरुलाई मन्त्री र नेताहरुकै संरक्षण हुन्छ ।’

सहकारीकै विषयमा लामो समय संसद् अवरुद्ध हुँदा खिसिट्युरि भएको केसीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...