काठमाडौँ, १९ जेठ । नेकपा (एमाले) संसदीय दलको बैठक शनिबार बस्दै छ । बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसद्मा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।
पछिल्लो समय सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षि दलहरुसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरंग पैदा भएको छ ।
त्यस्तै, र्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदै छ ।