घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर

5

काठमाडौँ, १७ वैशाख । घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर भएको छ ।

१५ हजार रुपैयाँ घुसको रकमसहित पक्राउ परेका उनीविरुद्ध आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनलाई आयोगको बुटवल कार्यालयको टोलीले गत चैत १८ गते नियन्त्रणमा लिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा बिगो १५ हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिबाना हुने मागदाबी लिइ विशेष अदालतमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...