इलाम र बझाङमा माओवादी केन्द्रले उम्मेदवारी दिने

47

काठमाडौँ, १४ चैत । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको पार्टी पदाधिकारी बैठकले इलाम–२ र बझाङ–१ (१)मा पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । व्याक्तिको बारेमा निर्णय गर्नको लागि सिफारिस आएको छ । अर्को बैठकमा टुंगो लाग्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...