भिजिट भिसामा विदेश पठाउने भन्दै नक्कली कागजात बनाउने थप ४ जना पक्राउ

45

काठमाडौँ, २० कात्तिक । भिजिट भिसामा विदेश पठाइ दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप ४ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भइ हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ हाल काठमाडौँ नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली र झापा भद्रपुर नगरपालिका–१० घर भइ काठमाडौँ बुढानिलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रवक्ता रेग्मीका अनुसार भिजिट भिसामा विभिन्न देश पठाइदिने भनी नक्कली कागजातहरू बनाउने कार्यमा संलग्न बल बहादुर रावतसमेत ४ जनालाई यही कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकामा उक्त कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुनसक्ने देखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजलाई पक्राउ गरिएको हो ।

निजहरूलाई विभिन्न व्यक्तिहरूका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान– २३० सहित काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी लिखतसम्बन्धी कसुरमा मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको एसपी रेग्मीले बताए ।

आइतबार मात्रै उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सिरान चोक गाउँपालिका–८ घर भइ हाल टोखा बस्ने ३४ वर्षीय भक्त बहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालिमाटी गाउँपालिका–३ घर भइ हाल काठमाडौँ नागार्जुन नगरपालिका–३ इचङ्गुनारायण बस्ने ४२ वर्षीय वर्षीय बल बहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

याे पनि हेर्नुस्

नक्कली कागजात बनाउने ४ जना पक्राउ

Share This:
सम्बन्धित खबर
Loading...