जिप दुर्घटना हुँदा सात जना घाइते

11

बाजुरा, १४ असार । जिल्लाको बूढीनन्दा नगरपालिका–१ पीपलडालीमा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जिप दुर्घटनामा परेको हो । सडक छेउमा साइड दिने क्रममा जिप दुर्घटनामा परेको इलाका प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा परी मुगुको खत्याड गाउँपालिका–९ का १४ वर्षीय असल परियार घाइते भएको र सोही वडाका ३० वर्षीय पुन्न सार्की, ३० वषकै अर्का एक जना नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्णबहादुर सार्की र हिमाली गाउँपालिका–४ का वर्ष ३५ का छम्मा सुनार, वडा नम्बर ६ का वर्ष १८ का मानबहादुर सार्की सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले बताए ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सवार व्यक्तिको ढाड, कम्मर, आँखा, नाकमा चोट लागेको छ । दश जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जिप दिउँसो १ः३० बजे सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...