अन्त के भइरहेको छ थाहा छैन, राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का : ओली

37

काठमाडौँ, १२ फागुन । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका हुन् । साथै उनले एमालेको उम्मेदवार पक्का भइसकेकोसमेत बताए ।

राष्ट्रपतिमा सहमति खोज्न कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको भन्दै ओलीले भने, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता गर्छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...