नाजिर र कविता अभिनित ‘मायामा यस्तो किन ?’ सार्वजनिक [भिडिओ]

44

काठमाडौँ, २५ माघ । अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्युजिक भिडिओ ‘मायामा यस्तो किन ?’ सार्वजिनक गरिएको छ । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडिओमा एलिना चौहानको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडिओमा अभिनेता नाजिर अवतारमा प्रस्तुत छन् । भिडिओमा वर्गीय विभेदले प्रेमिल जीवनमा आउने उतारचढाव देख्न सकिन्छ । नाजिर र कविताको प्रेम, विछोड र मिलनले दर्शकको मन छुन्छ ।

फिल्मी शैलीमा तयारी पाएको गीतको शब्द रचना तथा संगीत नरेश जोगीले तयार पारेका हुन् ।

गणेश चौधरीको संगीत संयोजन रहेको भिडिओमा निर्देशक चौहान स्वयंको कोरियोग्राफी रहेको छ । पिके फिल्सको ब्यानरमा निर्माण भएको भिडिओमा नवराज उप्रेती एन्ड टिमको छायांकन, कलर तथा सम्पादनको जिम्मेवारी मिलन विश्वकर्माले सम्हालेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...