कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने

45

काठमाडौँ, ३ कात्तिक । कर्णाली प्रदेशमा पहिलोपटक बृहत् राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ । दुई वर्षपछि हुने दशौँ संस्करणको राष्ट्रय खेलकुद कर्णालीमा आयोजना हुने भएको छ ।

बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो । तर, कुन महिना गर्ने विषयमा अहिले टुंगो लागेको छैन ।

बैठकमा ११औँ राष्ट्रिय खेलकुद मधेस प्रदेशमा आयोजना गर्नका लागि प्रस्ताव आएको एक बोर्ड सदस्यले बताए । मधेस प्रदेशसँगै सुदूरपश्चिम, बागमती प्रदेशले पनि ११औँ आयोजना गर्न दाबी गरेका छन् ।

बिहीबार पोखरा रंगशालामा नवौँ राष्ट्रिय खेदकुदको समापन हुँदै छ । समापनमा कर्णाली प्रदेशलाई दशौँ राष्ट्रिय खेलकुदका लागि झन्डा हस्तान्तरण गरिने छ ।

Share This:
सम्बन्धित खबर
Loading...