भीम रावलसँग छुट्टै छलफल गर्दै ओली

282

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्र अघि पदाधिकारीमा सहमति जुटाउन आफूनिकट नेताहरुसँग परामर्शमा जुटेका छन् ।

शनिबारदेखि सुरु हुने पार्टीको महाधिवेशन अन्तर्गत बन्दसत्र अघि सहमति जुटाउन भन्दै ओलीले आफूनिकट नेताहरुसँग छलफल गरेका हुन् ।

महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र विष्णु पौडेलसँग ओलीले परामर्श गरेका हुन् । पदाधिकारीमा आकांक्षी बढी भएपछि व्यवस्थानिमा ओलीलाई सकस परेको छ ।

अध्यक्षको उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष डा.भीम रावलसँग अध्यक्ष ओलीले छुट्टै छलफल गर्ने तयारी गरेका छन् ।

एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई सकेसम्म सर्वसम्मत बनाउने कसरत गरेको छ । केन्द्रीय कमिटी पदाधिकारी र केन्द्रीय सदस्यको संख्या वृद्धि, पोलिटब्युरो ब्युँताउने निर्णय शुक्रबार केन्द्रीय कमिटी बैठकमा गरिएको छ ।

बैठकले विधान संशोधन गरेर १९ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय पोलिटब्युरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...