खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते

570

रौतहट । रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा शनिबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् ।

मौलापुर नगरपालिका–१ स्थित मर्यादपुरमा मुलावी शाहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहका अनुसार साह पक्षका ८ र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको एसपी साहले बताए ।

दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...