बुधबार १७ वर्षमुनिका ५२ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि

252

काठमाडौं । बुधबार संक्रमण पुष्टि भएका ६ सय ३ जना कोरोना संक्रमितमध्ये ५२ जना १७ वर्ष मुनिका बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसद पौडेलले कोरोनाको नयाँ प्रजाति देशव्यापीरुपमा फैलिएको बताए ।

काठमाडौं, पोखरा, भक्तपुर, नुवाकोट र दार्चुलामा समेत युके भेरियन्ट फैलिएको उनले जनाए । यस्तै, ललितपुरमा पहिलोपटक डबल म्युटेन्ट कोरोना भाइरस पत्ता लागेको पौडेलले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...