प्रधानमन्त्री ओलीले तिहारको शुभकामना दिँदै भने, ‘जनताको सुखको लागि एकताबद्ध बनौँ’

192

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दुहरूको महान पर्व तिहारकाे अवसरमा शुभकामना व्यक्त दिँदै जनताको सुखको लागि एक हुनुपर्ने बताएका छन् ।

ओलीले साेमबार शुभकामना सन्देश जारी गर्दै तिहार मान्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामा व्यक्त गर्दै सबैको एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताएका हुन् ।

‘यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मान जीवनका अनेक पक्षसँग गाँसिएका पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरूप पूजा गर्ने प्रचलन छ । पाँच दिनसम्म मनाइने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ,’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन अनुरोध गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...