बुटवलमा ४ जना संक्रमितको मृत्यु

479

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा पछिल्लो ८ घन्टामा रुपन्देहीका ४ जना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिला, बुटवल–९ की ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष वैशाख १५ गते कोरोना पुष्टि भइ मंगलबार राति १० बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यस्तै, कञ्चन गाउँपालिकाकी २७ वर्षीया महिलाको बुधबार बिहान ५ः४५ बजे मृत्यु भएको थियो । वैशाख १८ गते कोरोना पुष्टि भइ सोही दिन भर्ना भएकी ५४ वर्षीया महिलाको बुधबार बिहान ६ः२२ बजे मृत्यु भएको थियो ।

यसैगरी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला वैशाख १४ गते संक्रमण भएपनि २१ गते भएकी थिइन् । उनको उपचारका क्रममा बुधबार बिहान ६ः३८ बजे मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...