काठमाडौं । गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथग्रहण गराएका हुन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारका साथै एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्षसमेत हुन् ।
यादव भने दोस्रो संविधान सभामा उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए ।