उपत्यकामा निषेधाज्ञाको दोस्रो दिन : कतै सम्झाउने, कतै समाउने

691

काठमाडौं । काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञालाई अटेर गरेर हिँड्ने धेरै सवारी साधनलाई प्रहरीले समाएर होल्डिङ सेन्टरमा राखेका छन् । उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि निषेधाज्ञा गरिएको छ ।

बिहानदेखि सडकमा कुद्ने सवारी साधनलाई ललितपुरको ग्वार्को, सातदोबाटो, मंगलबजारलयातका चोकहरुमा समाएर होल्डिङ सेन्टरमा राखेको छ ।

कोरोना भाइसरको नयाँ भेरियन्टको संक्रमणलाई रोक्ने उद्देश्यले गरिएको निषेधाज्ञालाई जनताले नटेर्ने क्रम बढिरहेको छ । बिहीबार निषेधाज्ञाको पहिलो दिनपनि सकडमा उल्लेख्य मात्रामा सवारी साधनहरु गुडेका थिए । हिजोको त्यो सवारी चाप देखेर पनि आज बिहानैदेखि आफ्नो सवारी साधान लिएर बाहिर निस्कने मानिसहरुको संख्यामा उल्लेख्य मात्रामा रहेको छ ।

होल्डिङ सेन्टर भएको ठाउँहरुमा समाएको सवारी साधानलाई बेलुकी ७ बजेसम्मका लागि राखिएको छ । भने होल्डिङ सेन्टर नभएको चोकहरुबाट प्रहरीले सवारी धनिलाई सम्झाइ बुझाई जुन बाटोबाट आएको हो, त्यही बाटोतर्फ फर्काउने गरिएको छ ।

सातदोबाटो चोकमा बिहानदेखि २ सय ५० भन्दा बढी सवारी साधनलाई होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरुलाई बिहानदेखि बेलुका ७ बजेसम्म राखिने प्रहरीले जनाएको छ ।

त्यस्तै, मंगलबजारमा २३ वटा सवारी होल्डिङ सेन्टरमा राखिएको छ भने ग्वार्को चोकबाट ४९ वटा सवारी साधनलाई एक घन्टा समाएर फर्काएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...